ad ad

राजनीति


चीनसँगको विवाद जारी रहँदा भारत र रुसबीच हतियारबारे महत्वपूर्ण सहमति

चीनसँगको विवाद जारी रहँदा भारत र रुसबीच हतियारबारे महत्वपूर्ण सहमति

नेपालखबर
असार १५, २०७७ सोमबार ७:५६,

रुसले भारतलाई तत्काल सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका सामग्रीहरु उपलब्ध गराउने विषयमा सहमति जनाएको द हिन्दुले उल्लेख गरेको छ।

हालै भारतका रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणका लागि गएका थिए। सो क्रममा दुवैदेशका रक्षामन्त्रीबीच एके–२०३ एसल्ट राइफल र का–२२६ टी लाइट युटिलिटी हेलिकप्टर खरिदको विषयमा पनि कुराकानी भएको थियो।

द हिन्दुकाअनुसार भारतले रुसलाई रक्षा सम्झौतामा ढिलाइ नगर्न जोड दिएको थियो। प्रतिक्रियामा रुसले केही महिनामै सम्झौता पुरा गर्ने आश्वासन दिएको छ।

रक्षामन्त्री राजनाथ सिंहले चीनसँग गलवान उपत्यकामा झडप भएको केही समयमै रुससँग रक्षा सहमति टुंगो लगाउन आग्रह गरेका हुन्।

खबरका अनुसार रुसले आगामी सन् २०२१ भित्र भारतलाई एस–४०० क्षेप्यास्त्र प्रणाली पनि प्रदान गरिसक्नेछ। एके–२०३ राइफलको सम्झौताको विषयमा पनि प्रगति भइरहेको जनाइएको छ। सम्झौता साढे ७ लाख राइफलको विषयमा भएको छ।

यसैबीच फ्रान्सले पनि भारतलाई आगामी महिना रफाल युद्धक जेट विमान उपलब्ध गराउने वाचा गरेको छ। इकोनोमिक टाइम्सका अनुसार भारतले इजराइलबाट डिफेन्स सिस्टम ल्याउँदैछ भने अमेरिकाबाट तोप र महँगा उपकरण ल्याउँदैछ।

चीनले सीमा विवाद थप चर्कने अनुमान गर्दै युद्ध अभ्यास गरिरहेको समयमा भारतले पनि अत्याधुनिक हतियारहरु विभिन्न देशबाट मगाइरहेको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .