ad ad

कारोबार


नेवानि सदस्यमा दुई जना नियुक्त

नेवानि सदस्यमा दुई जना नियुक्त

नेपालखबर
असार १५, २०७७ सोमबार १०:२७,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सदस्यमा दुई जना नियुक्त गरेको छ।

मन्त्रालयमा आइतबार बसेको बैठकले फुर्वा ग्याल्जेन शेर्पा र प्रकाश पौडेललाई नियुक्त गरेको हो।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव रुद्रसिंह तामाङले सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएको नेपालखबरलाई जानकारी दिए ।

पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्रीस्तरीय निर्णयबाट शेर्पा र पौडेललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन्।

यसअघि ४ वर्षे कार्यकाल समाप्त भएका सदस्य मुक्ति पाण्डे र निमानुरु शेर्पाको स्थानमा मन्त्रालयले नयाँ सदस्य नियुक्त गरेको मन्त्रालयले जनाएको छ।

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .