ad ad

राजनीति


चीनबाट भूमि फिर्ता नलिएसम्म २० जवानको आत्माले शान्ति पाउने छैनः केजरीवाल

चीनबाट भूमि फिर्ता नलिएसम्म २० जवानको आत्माले शान्ति पाउने छैनः केजरीवाल

नेपालखबर
असार १५, २०७७ सोमबार १०:३५,

हालै लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।

केजरीवालले सोमबार चीनले लद्दाखमा भारतीय भूमि अनाधिकृत रुपमा आफ्नो नियन्त्रणमा लिएको आरोप लगाउँदै उक्त भूमि भारतले तत्काल फिर्ता गर्नसक्नु पर्ने अनिमात्र हालै शहिद भएका २० सेनाको आत्माले शान्ति पाउने बताए।

आम आद्मी पार्टीका प्रमुख समेत रहेका केजरीवालले भनेका छन्,‘सारा देश सरकारको पक्षमा उभिएको छ। भारतीयहरु चिनियाँ गतिविधिबाट रुष्ट छन् उनीहरुले सेनालाई साथ दिइरहेका छन्। यदी हामीले आफ्नो भूमि फिर्ता गर्न सकेनौं भने शहिद भएका २० जवानको आत्माले शान्ति पाउने छैन।’

केजरीवालले अब भारतले चीनसँगको रणनीति पनि परिवर्तन गर्नुपर्ने धारणा राखे। मित्रराष्ट्र भएपनि भारत चीनदेखि सतर्क हुनुपर्ने उनको भनाइ छ। उनले भनेका छन्,‘चीनले फेरि पनि हामीलाई धोका दिनसक्छ।’ इन्डिया टुडे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .