ad ad

कारोबार


लिभोनले सञ्चालन गरेको ‘सिल्की हेयर एण्ड स्मुथ राइड’को विजेताहरु घोषणा

लिभोनले सञ्चालन गरेको ‘सिल्की हेयर एण्ड स्मुथ राइड’को विजेताहरु घोषणा

नेपालखबर
असार २१, २०७७ आइतबार ८:०,

लिभोनले सञ्चालन गरेको ‘सिल्की हेयर एण्ड स्मुथ राइड’को विजेताहरु घोषणा गरिएको छ। मेरिकोको एक स्थापित ब्राण्ड लिभोनले नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर उक्त योजना सञ्चालन गरेको थियो।

योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरिद गर्ने एक जना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

योजनामा लिभोनका उपभोक्ताहरुले अत्यधिक अभिरुचि राखेर सहभागिता जनाएका थिए। विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरुमाझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अँकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन छानेकी थिइन्। जसअनुसार यो महिनाको यामाहा फेसिनो बाइक विजेता कुपन नं ३३४० बाट कपन निवासी निशा सुनुवार विजेता बनेकी हुन्। उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १५ जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

यो उपभोक्ता योजना आगामी ३ महिनासम्म जारी रहने बताइएको छ। एक जिम्मेवार एवं उत्तरदायी संस्था भएको नाताले लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता सञ्चालनको दौरान सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गरिने जनाएका छन्।

लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो, ती युवतीहरु जो स्वाबलम्वी, महत्वाकाँक्षी र स्टाइल–प्रेमी छन् । सल्फेट र पाराबेन रहित स्याम्पू र कण्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक भिन्नै अग्र स्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गूड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध छन् ।

यो ब्राण्डले केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल भएको छ र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ।

लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन्। सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु अब नेपालभर अन्य उत्पादनहरु क्रिम आयल र सिरमसँगसँगै अत्यन्त सुलभ मूल्यमा उपलब्ध भइसेकका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .