मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७ हजार २ सय ६० कित्ता सेयर थप सार्वजनिक निष्काशन (एफपीओ)का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा आज आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्धसञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया