इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई पराजित गर्दै चेल्सी तेस्रो स्थानमा उक्लेको छ। मंगलबार राति भएको खेलमा चेल्सीले प्यालेसलाई ३–२ गोल अन्तरले पाखा लगायो।
प्यालेसको घरेलु मैदानमा भएको खेलमा चेल्सीले छैटौ मिनेटमा वलीभिर गिरोडको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफको २७ र्औ मिनेटमा क्रिष्टीयन पुलिसको गोलमा चेल्सीले अग्रता दोब्बर पारेको थियो।
पहिलो हाफको ३४ औं मिनेटमा जाहाले गोल गर्दै खेललाइ २–१ को स्थितीमा ल्याएका थिए। पहिलो हाफमा २ गोल गरेको चेल्सीले दोस्रो हाफमा १ गोल थप्दै जित सुनिश्चित गर्यो। खेलको ७२औं मिनेटमा बेन्टेकले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए। तर त्यसको १ मिनेटमा नै चेल्सीका टम्मी अब्राहमले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।
गएराति नै भएको खेलमा वार्टफोर्डले नर्विचलाई २–१ पराजित गर्यो। अर्को खेलमा आर्सनल र लेष्टरले १–१ गोलको बराबरी गर्दै अंक बाँडे।
प्रतिक्रिया