ad ad

कारोबार


राष्ट्र बैंकद्वारा ग्रामिण स्वावलम्बन कोष निजी क्षेत्रलाई हस्तान्तरण

राष्ट्र बैंकद्वारा ग्रामिण स्वावलम्बन कोष निजी क्षेत्रलाई हस्तान्तरण

नेपालखबर
असार ३१, २०७६ मंगलबार १३:२७,

नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ‘ग्रामिण स्वावलम्बन कोष’ निजी क्षेत्रलाई हस्तान्तरण गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी राष्ट्र बैंकले सो कोष साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको हो।

३० वर्षदेखि नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको सो कोषलाई अझै प्रभावकारी ढंगले सञ्चालन गर्न साना किसान विकास लघुवित्त संस्थालाई हस्तान्तरण गरिएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए।

संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले नेपाल राष्ट्र बैंकले विश्वास गरेर हस्तान्तरण गरेको सो कोषको परिचालन गरी मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा सघाउ पु¥याउने प्रतिवद्धता व्यक्त गरे।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड २०४७ साल फागुन १७ गते मन्त्रिपरिषद बैठकको निर्णयबाट स्थापना गरिएको हो। कोषमा करिब १ अर्ब पूँजी रहेको छ।

nrb laghu bitta

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .