नेपाल र नेपालीविरुद्ध अनर्गल, तथ्यहीन तथा आपत्तिजनक सामग्री प्रशारण गर्न थालेपछि नेपालमा भारतीय टेलिभिजन च्यानल बन्द भएका छन्।
विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले नेपालमा दुरदर्शन बाहेक भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय गरेका हुन्।
वितरकहरुले शुक्रबारदेखि भारतीय न्युज च्यानलको प्रसारण रोकेको बताएका छन्।
भारतीय टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रशारण गर्न थालेपछि ति च्यानलहरु बन्द गरिएको हो।
नेपाल केवल टेलिभिजन महासंघकाे आज बसेकाे बैठकले भारतीय समाचार च्यानल क्रमश: बन्द गर्दै जाने निर्णय गरेकाे महासचिव रामकुमार बस्नेतले नेपालखबरलाई बताए।
नेपालकाे राष्ट्रियता र राजनीतिक नेतृत्वमाथि आँच पुर्याउने खालका सामग्री प्रशारित गर्न थालेपछि ती च्यानल बन्द गर्ने निर्णय भएकाे उनले जानकारी दिए। राष्ट्रियताकाे रक्षाका लागि भारतीय सञ्चारमाध्यममाथि राेक लगाउन बाध्य भएकाे बस्नेतकाे भनाई छ।
प्रतिक्रिया