ad ad

राजनीति


‘यातायात व्यवसायी बाँच्ने, मजदुरले काम गर्ने र उपभोक्ता मारमा नपर्ने समाधान खोज्नुपर्छ’

‘यातायात व्यवसायी बाँच्ने, मजदुरले काम गर्ने र उपभोक्ता मारमा नपर्ने समाधान खोज्नुपर्छ’

नेपालखबर
असार २७, २०७७ शनिबार ९:१०,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सार्वजनिक यातायातका लागि सरकारले यातापात व्यवसायीसँग छलफल गर्नुपर्ने बताएका छन्।

शनिबार नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकार, यातायात व्यवसायी, मजदूर उपभोक्ता सबैलाई उपयुक्त हुने गरी सार्वजनिक यातायात सञ्चालनमा देखिएको समस्या समधान गर्न आग्रह गरेका हुन्।

‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर, स्वास्थ्य विज्ञ र सरोकारवाला सँग सामूहिक छलफल गरी व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्नसक्ने, उपभोक्ता मारमा नपर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस्’, प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै नेता थापाले ट्विटरमा लेखेका छन्।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षामा ध्यान दिँदै ५० प्रतिशत क्षमतामा मात्रै गाडी चलाउन दिने निर्णय गरेको छ। अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

सरकारले छोटो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि एकतर्फी निर्णय गरेको भन्दै यातायात व्यवसायीले गाडी सञ्चालन नगर्ने जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .