ad ad

कारोबार


सनराइज बैंकले काठमाडौँमा एकैपटक थप्यो पाँच शाखा

सनराइज बैंकले काठमाडौँमा एकैपटक थप्यो पाँच शाखा

नेपालखबर
असार २८, २०७७ आइतबार ६:४९,

सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो।

बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको हो।

शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड १९ को असरका कारण खर्च कटौतिमा ध्यान दिनुपर्ने अवस्था आए पनि पूर्व निर्धारित योजना अनुसार शाखा कार्यालयहरु सञ्चालनमा ल्याइएको बताए। उनले शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरुका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे।

सनराइज बैंकको नयाँ शाखा कार्यालयहरु स्थापना भएसँगै शाखा कार्यालयको संख्या १ सय ३४ पुगेको छ। यस्तै बैंकले देशभर १ सय ६० एटीएम काउन्टर, ४८ वटा शाखारहित बैंकिङ र १० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .