वैदेशिक रोजगार बोर्डको विशेषज्ञ सदस्यबाट कैलाश खड्काले दिएको राजीनामा स्वीकृत भएको छ। व्यक्तिगत कारण देखाउँदै समय दिन असमर्थ रहेको भनी उनले बोर्डका अध्यक्ष समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव समक्ष बिहीबार राजीनामा दिएका थिए।
राजीनामा बुझाएको भोलिपल्टै उनको राजीनामा स्वीकृत गरिएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए। अर्का सदस्य म्यानपावर व्यवसायी हेम गुरुङले पनि बोर्डको सदस्यमा रहन असमर्थता जनाएका थिए।
असार १९ गते बसेको बोर्डको बैठकले खड्का र गुरुङलाई बोर्डको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर खड्काको नियुक्ति विवादमा परेपछि श्रम मन्त्री यादवकै सल्लाहमा खड्काले राजीनामा दिएका थिए।
खड्काले आफूलाई बोर्डको सदस्यमा नियुक्त गरिएकोमा मन्त्री यादवलाई धन्यवाद दिँदै, आफ्नै कारणले बोर्डको सदस्य भएर काम गर्न नसक्ने जनाएको श्रम मन्त्रालय स्रोतले जनाएको छ।
प्रतिक्रिया