ad ad

कारोबार


४० मिनेटको उतार चढावपूर्ण कारोबारपछि सेयर बजार बन्द

४० मिनेटको उतार चढावपूर्ण कारोबारपछि सेयर बजार बन्द

नेपालखबर
साउन ५, २०७७ सोमबार ११:५०,

सेयर बजारमा तिब्र उतारचढाव बीच नेप्से परिसूचक घटेर बन्द भएको छ।

कारोबार सुरु भएको दुई मिनेट नहुँदै नेप्से ४ प्रतिशतले बढ्दा २० मिनेट र करिब २२ मिनेटमा ५ प्रतिशतले बढ्दा ४० मिनेट कारोबार स्थगित भएको थियो। १२ बजेपछि तेस्रोपटक खुलेको बजारमा भने नेप्से ओरालो लाग्यो।

दुई दिनमा नेप्सेमा उच्च वृद्धि भएपछि लगानीकर्ताले सेयर बिक्रीचाप बढाउँदा नेप्से ओरालो लाग्यो र समग्रमा १४ अंक बढीले घटेर १ हजार ४ सय ६४ दशमलव ९४ अंकमा बन्द भएको छ। कारोबार अवधिभर नेप्से बढेर १ हजार ५ सय ५६ दशमलव २ अंक सम्म पुगेको थियो भने तेस्रोपटक खुलेको बजारमा घटेर १ हजार ४ सय ५८ दशमलव ५१ अंक सम्म झरेको थियो।

सेन्सेटिभ परिसूचक पनि २ दशमलव ८४ अंकले घटेर ३ सय ९ दशमलव ६ अंकमा बन्द भएको छ। सोमबार १ सय ८१ कम्पनीको २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७ सय १५ रुपैयाँको ७० लाख १ हजार २ सय ५८ कित्ता शेयर खरिद बिक्री भएको छ।

सेयर बजारमा दुई दिनमै नेप्सेमा उच्च वृद्धि भएको र अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा बिक्रीचाप बढ्न गएकाले तिब्र उतारचढाव आएको देखिन्छ।

बजारमा कारोबारमा आएका समूह मध्ये बैंकिङ, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड समुहमा वृद्धि भएको छ। व्यापार, होटल, जलविद्युत, बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र अन्य समूहमा गिरावट आएको छ।

यस दिन सबैभन्दा धेरै कारोबार एनएमबी बैंकको २० करोड १४ लाख ९९ हजार रुपैयाँ बढीको भएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंकको शेयर कारोबार १० कारोड रुपैयाँ भन्दा बढीको भएको छ।

नेप्से ऋणात्मक भएपनि युनाइटेड फाइनान्स, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, स्पर्स लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन्। गुराँस लघुवित्त वित्तीय संस्था र मन्जुश्री फाइनान्सका सेयरधनीले भने झण्डै १० प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .