ad ad

कारोबार


अब सुन–चाँदीजस्तै हीरा तथा अन्य बहुमूल्य पत्थरको पनि मूल्य तोकिने

अब सुन–चाँदीजस्तै हीरा तथा अन्य बहुमूल्य पत्थरको पनि मूल्य तोकिने

नेपालखबर
साउन १०, २०७७ शनिबार १०:१५,

नेपाल सुन–चाँदी व्यवसायी महासंघले हीरा तथा अन्य बहुमूल्य पत्थरको मूल्य निर्धारण गर्ने भएको छ।

हालसम्म सुन तथा चाँदीको मूल्य निर्धारण हुने भए पनि बहुमूल्य हीरा तथा पत्थरको मूल्य कति भन्ने निर्धारण हुन सकेको थिए। साथै, हीरा तथा पत्थरको सक्कली–नक्कली बारेमा उपभोक्ता अन्योलमा रहेका छन्।

महासंघले आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै हीरा तथा रत्नलगायतका पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ। साथै, महासंघको बैठकले हीरा तथा अन्य बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको जनाएको छ।

महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले हीरा तथा पत्थरको मूल्य निर्धारण अहिलेसम्म हुन नसकेकाले त्यो प्रकृया सुरु भएको बताए। ‘यस विषयमा वाणिज्य मन्त्रालयमा छलफल भएको थियो,’ नेपालखबरसँग कुरा गर्दै शाक्यले भने, ‘अहिले समिति बनाएर अध्ययन सुरु भएको छ।’

उक्त समितिले सुन र चाँदीको जस्तो कसरी मूल्य निर्धार गर्न गर्न सकिन्छ भनेर निचोड निकाल्ने छ। विदेशमा भने विभिन्न मापदण्डका आधारमा मूल्य निर्धारण हुने गरेको शाक्यले बताए।

‘विदेशमा सि–फोर भन्ने चार सिद्धान्तका आधारमा एक एक महिनामा मूल्य निर्धारण गरिनछ,’ शाक्यले भने, ‘सुन चाँदी जस्तो हीराको मूल्य तोक्न सजिलो छैन।’ 

नेपालमा अहिलेसम्म भारतको मुम्बइमा रहेको डाइमण्ड बजारको मूल्यसँग तुलना गरेर मूल्य तोक्ने गरेको उनले बताए। भारतबाट हीरा ल्याउँदा कति परेको छ, त्यसलाई नेपालमा ल्याएर २५ प्रतिशतसम्म नाफा राखेर बेच्ने गरिन्छ। 

नेपालमा पछिल्लो समय हिराको गरगहनाको प्रयोग उच्च रुपमा वृद्धि भएको शाक्यले बताए।

त्यस्तै, नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ।

महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको महासंघले जनाएको छ। महाधिवेशनमा देशभरवाट करिव ४ सय जना प्रतिनिधि सहभागी हुनेछन्।

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ। यसको लागि असोज १२ गतेको मिति तय भएको छ। महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .