ad ad

कारोबार


लगानी बोर्डका नवनियुक्त सीईओ भट्टले गरे पदबहाली

लगानी बोर्डका नवनियुक्त सीईओ भट्टले गरे पदबहाली

नेपालखबर
साउन २१, २०७७ बुधबार ११:३६,

लगानी बोर्डका नवनियुक्त सीईओ सुशील भट्टले कार्यभार सम्हालेका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकले उनलाई लगानी बोर्डको रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको थियो।

आज एक कार्यक्रमका बीच बोर्ड सीईओको कार्यभार भट्टले सम्हालेका हुन्। सीईओको लागि सरकारले खुलाएको आवेदनमा १२ जनाले दरखास्त दिएका थिए।

त्यसमध्ये अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको समितिले ३ जनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। त्यसमा भट्टसँगै तीन जना छानिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .