ad ad

कारोबार


विद्युतीय भुक्तानी प्रोत्साहन गर्न एनआईसी एसिया बैंकले ल्यायो ‘सुपर सिक्स योजना’

विद्युतीय भुक्तानी प्रोत्साहन गर्न एनआईसी एसिया बैंकले ल्यायो ‘सुपर सिक्स योजना’

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ६:३६,

एनआईसी एसिया बैंकले कोभिड १९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ।

योजनाअनुरुप ग्राहकले यस बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा छवटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५ सय रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन्।

यो योजना यही भदौ २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम सय रुपैयाँसम्मको कारोबार ग्राहकले गर्नुपर्ने व्यवस्था रहेको बैंकले जनाएको छ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले १५ हजारभन्दा बढी क्युआर मर्चेन्ट्समार्फत उत्साहजनक विद्युतीय कारोबार हुँदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहकलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको हो।

महामारीको बेला ग्राहकको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ।

योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन।

बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २३ सय वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।

डिजिटल फर्स्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीतिअनुरूप ग्राहकको संख्या विस्तार गर्ने लक्ष्यलाई मूर्तरूप दिँदै आएको यस बैंकले गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भई कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल सेवा विस्तार गर्न सफल भएको छ। जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो।

गत आर्थिक वर्षमा मात्रै बैंकले डिजिटल बैंकिङ्गतर्फ उल्लेखनीय उपलब्धि हासिल गर्दै हाल ८ लाख ६६ हजार डेबिट कार्ड, १२ लाख १ हजार मोबाइल बैंकिङ्ग र १ लाख १२ हजार इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताहरू पु¥याएको छ भने १५ हजारभन्दा बढी क्युआर मर्चेन्ट्स र करिब ४ हजार पस मर्चेन्टमार्फत ग्राहकलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .