ad ad

कारोबार


विश्वविद्यालय अनुदान आयोग र टेलिकमबीच सेवा सुविधा दिने सम्झौता

विश्वविद्यालय अनुदान आयोग र टेलिकमबीच सेवा सुविधा दिने सम्झौता

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ६:५१,

कोभिड १९ का कारण सिर्जित महाविपत्तिको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्ने गरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्न विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सोमबार सम्झौता भएको छ।

शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको समुपस्थितिमा नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारी र आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र ढुंगेलबीच सम्झौता भएको हो।

कोभिड १९ ले शैक्षिक सत्रलाई पार्नसक्ने प्रभाव न्यूनीकरण गर्नको लागि आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाका ‘गाइडलाइन्स फर फेसिलिटेटिङ अल्टरनेटिभ मोड अफ लर्निङ इन हाइअर एजुकेसन २०७७’ लाई मध्यनजर गरी सो सम्झौता भएको हो। नेपाल टेलिकम र आयोगको विशेष सक्रियतामा सम्पन्न सो सम्झौताबमोजिम मुलुकका सबै विश्वविद्यालय र तीअन्तर्गतका आंगिक क्याम्पसहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउनेछ।

सो प्याकेजअन्तर्गत रु. ३१५ मा २४ जीबी र रु. ५०० मा ३५ जीबी डाटा उपलब्ध हुनेछ। २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा इ–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिनेछ। यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिनेछ।

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिनेछ। यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ।

यो प्याकेज प्रयोग गर्नका लागि विद्यार्थी, प्राध्यापक वा अनुसन्धानकर्ताहरुले भमगउबअप२लतअ।लभत।लउमा इमेल पठाउन सक्नेछन्। साथै नेपाल टेलिकमको वेबसाइट धधध।लतअ।लभत।लउ बाट यो सेवाउपलब्ध गराउनका लागि कम्पनीले आवश्यक तयारी गरिरहेको जनाएको छ।

सो समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षाप्रणालीलाई प्रविधिमैत्री बनाउने हाम्रो प्रयास चुनौतीहरुको सामना गर्दै चाँडै कार्यरुपमा उत्रनलागेको बताए।

आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले जस्तोसुकै संकटको अवस्थामा पनि मुलुकको शैक्षिक कार्यक्रमहरु नरोक्न र सहजरुपले सरल मूल्यमा पठनपाठन र अनुसन्धानका कामहरु जारी राख्न यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले विषम अवस्थामा मुलुकको शैक्षिक वातावरण सहज बनाउन कम्पनीले सक्नेसम्म सबै कार्यहरु गर्ने उल्लेख गर्दै यसलाई कम्पनीले राष्ट्रिय दायित्वको रुपमा लिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .