ad ad

कारोबार


८ लाख ४७ हजारकाे कोरोना बीमा, कतिले गरे भुक्तानी दाबी?

८ लाख ४७ हजारकाे कोरोना बीमा, कतिले गरे भुक्तानी दाबी?

नेपालखबर
भदौ १४, २०७७ आइतबार ११:९,

बीमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ।

बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताए। त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताए। बीमा समितिले वैशाख ४ गते देखि कोरोना भाइरस (कोभिड–१९) बीमालेख जारी गरेको थियो।

जसमा सबै निर्जीवन बीमा कम्पनीको बीमा पुल मार्फत बीमालेख जारी गर्ने व्यवस्था भएकोे थियो। समितिले दुई श्रेणीको बीमांक रकम कायम गरी बीमालेख जारी गरेको थियो। जसमध्ये एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख बीमांक र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमांक रकम रहेको थियो।

जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको थियो। त्यसमा पनि सरकारले ५० प्रतिशत अनुदान दिँदा अहिले १ लाख रुपैयाँको बीमा ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँको बीमा १ सय ५० रुपैयाँमा हुन्छ। सरकारले अनुदान दिन थालेसँगै ५० हजार रुपैयाँ बीमांक रहेको बीमालेख विक्री नभई एक लाख रुपैयाँ बीमांक भएको बीमालेख मात्रै विक्री भएको समितिका अध्यक्ष चापागाईंले बताए।

त्यस्तै अहिलेसम्म ९५ जना कोभिड १९ संक्रमित व्यक्तिले दावी भुक्तानी पाइसकेको पनि उनले बताए। त्यसबाहेक अहिले करिब २ सय ५० जनाको दावी परेको र त्यसको फरफारक हुन बाँकी रहेको अध्यक्ष चापागाईंले बताए।

अहिलेको कोरोना बीमालेख एकपटकका लागि मात्रै भएको पनि अध्यक्ष चापागाईंले स्पस्ट परेका छन्। एकपटक दावी भुक्तानी भएका व्यक्तिले कोरोना निको भएपछि फेरी कोरोना बीमा गर्न सक्ने व्यवस्था अहिले नरहेको उनले बताए।

तर त्यस्ता व्यक्तिबाट बीमालेखको माग हुन आएमा समितिको सञ्चालक समितिको बैठक बसेर मापदण्डमा परिमार्जन गरी बीमा गर्न दिने व्यवस्था गर्न सकिने पनि उनले बताए। एकपटक संक्रमण भई निको भएका व्यक्तिमा फेरि संक्रमण देखा पर्दैन भन्ने मान्यता अनुरुप कोरोना बीमाको मापदण्ड बनाइएकाले दावी भुक्तानी लिएपछि संक्रमण निको भएमा पुनः बीमा गर्न नसकिने उनले स्पस्ट पारे।

अहिलेको व्यवस्था अनुसार बीमा कम्पनीलाई कोरोना बीमाको कुनैपनि दायित्व नपर्ने पनि अध्यक्ष चापागाईंले बताए। उनले बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ सम्म दायित्व लिनुपर्नेमा अहिले नेपाल सरकारले सबै कर्मचारीको बीमा गर्दा एक अर्ब प्रिमियम पुग्ने भएकाले बीमा कम्पनीहरुमाथि कुनै दायित्व नपर्ने उनले बताए।

एक अर्ब भन्दा माथि साढे ३ अर्बसम्म पुनर्बीमा कम्पनी र बीमा समितिले व्यहोर्नेपनि उनले बताए। साढे ३ अर्ब भन्दा माथिको बीमा दावी भुक्तानी भने नेपाल सरकारले गर्नेछ। एकपटक कोरोना बीमा गरेपछि २०७८ असार मसान्तसम्म कोरोना संक्रमण पुष्टि भएमा बीमा‌ंक रकम दावी गर्न पाइनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .