ad ad

खेल


बार्साको कोरोना परीक्षणमा उपस्थित भएनन् मेस्सी, ब्रेथवेटले भनेः जर्सी नम्बर १० म लगाउँछु

बार्साको कोरोना परीक्षणमा उपस्थित भएनन् मेस्सी, ब्रेथवेटले भनेः जर्सी नम्बर १० म लगाउँछु

नेपालखबर
भदौ १४, २०७७ आइतबार ११:३०,

त्यसका लागि आइतबार क्लबले सबै खेलाडीको कोरोना परीक्षण गराएको थियो।

तर क्लबका कप्तान लियोनल मेस्सीले भने आइतबार कोरोना परीक्षण नगराएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

मेस्सीले आफू क्लबको सदस्य नरहेको संकेत गर्न कोरोना परीक्षण नगराएको हुनसक्ने अनुमान गरिएको छ।

हालैमात्र मेस्सीले क्लब छाड्ने घोषणा गरेका थिए। मेस्सी र क्लबबीच विभिन्न विषयमा मतभेद भएको बताइएको छ।

च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार व्यहोरेपछि भने मेस्सी निकै निराश बनेका छन्।

Messi-Suárez-Neymar, historic tridentगतवर्ष मेस्सीले नेमारलाई बार्सामै ल्याउने प्रयास गरेका थिए।

आफूले चाहेको खेलाडी बार्सामा अनुबन्ध गर्न नपाउँदा मेस्सी निराश बनेको बताइएको छ। उनी गत वर्षदेखि नै क्लबसँग असन्तुष्ट थिए।

मेस्सीको उद्देश्य पीएसजीबाट नेमार जुनिएरलाई फर्काउने थियो। तर मेस्सीको आग्रह क्लबले मानेको थिएन।

साथै उनी क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग पनि असन्तुष्ट रहेको बताइन्छ।

कोम्यानले हालै आफ्ना मिल्ने सहपाठी लुइस स्वारेजलाई क्लबबाट हटाउने प्रयास गरेपछि मेस्सी झनै रिसाएको बुझिएको छ।

मेस्सीले क्लब छाड्ने घोषणा गरेपछि क्लबका अर्का खेलाडी मार्टिन ब्रेथवेट बार्साको जर्सी नम्बर १० लगाउन इच्छुक देखिएका छन्।

हालसम्म मेस्सीले १० नम्बरे जर्सी लगाउँदै आएका छन्। मार्काका अनुसार मेस्सी बार्सा छाडेर गएको अवस्थामा ब्रेथवेटले १० नम्बरको जर्सी लगाउने भनेर प्रस्ताव गरेका छन्।

Secret mission: How Martin Braithwaite joined Barcelona - Barca Blaugranesब्रेथवेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .