ad ad

कारोबार


सावरिया होलसेल मार्टबाट अखाद्य वस्तु बरामदपछि नष्ट

सावरिया होलसेल मार्टबाट अखाद्य वस्तु बरामदपछि नष्ट

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १०:४४,

चाबहिल चोकनजिकैको सावरिया होलसेल मार्टको गोदामबाट म्याद गुज्रेर बिक्री गर्न नमिल्ने अवस्थाका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ।

महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले आज वडा सदस्य कृष्णमणि भट्टराईको रोहवरमा सामान बरामद र नष्ट गरेको हो।

नष्ट गरिएका खाद्यवस्तुमा ब्रिटानिया कम्पनीबाट उत्पादन भएका गुड डे ब्राण्डका परिकार, क्याटबरीका बोनबिटा, हर्लिक्स, क्वालिटीका वटर, वनवनजस्ता प्याकेजिङ् गरिएका खाद्य वस्तु छन्।

पसलमा भेटिएका र उपभोग हुने मिति सकिएका लेज, कुरकुरे, लिची जुस, चिउरा, पिनट्स,, बकुल्लालगायत करीब १ लाख मूल्य बराबरका सामान बरामद गरेर नष्ट गरिएको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार सुजी, जुस, चकलेट, सस चिल्ली, कर्नफ्लेक्स, बिस्कुट, चोकोजजस्ता खाद्य बस्तुसँगै सरफ, भाँडा माझ्ने पाउडर पनि बरामद गरिएको थियो। बरामद भएका सामान ट्रान्सफर स्टेसन पु¥याएर फोहोरमा मिसाइएको छ।

गएको आइतबार बिहान यस पसलमा पहिलोपटक अनुगमन गरिएको थियो। अनुगमनका क्रममा खाद्य सामान भण्डारण हुने ठाउँमा म्याद गुज्रेका खाद्य सामान भेट्टाएपछि सामान बिक्रीमा रोक लगाइएको थियो । आज फेरि त्यही ठाउँमा पुगेर भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान छुट््याएर उपभोग गर्न नमिल्ने सामान नष्ट गराएको हो।

‘लकडाउनले सामान छुट््याउन सकिएको थिएन। अनुगमन समिति आएपछि छुट्याउन बाध्य भइयो’, पसलका सञ्चालक सहयोगी सञ्जीवकुमार झाले भने, ‘अनुगमन टोलीले दिएका निर्देशनको पालना गरेर व्यापार गर्छौँ।’

यसअघि पसलको माथि मजिन स्टोर र सावरिया होलसेल मार्ट लेखिएका दुईवटा वोर्ड राखिएको थियो । आज ती बोर्डमध्ये मजिन स्टोर हटाएर सावरिया होलसेल मार्ट लेखिएको बोर्ड मात्र झुण्ड््याइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .