ad ad

कारोबार


एनआईसी बैंकका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

एनआईसी बैंकका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

नेपालखबर
असोज ३, २०७७ शनिबार १५:४,

सरकारले संविधान दिवसका अवसरमा एनआईसी एसिया बैंकका अध्यक्ष तथा प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गर्ने भएको छ।

पाँच दशकदेखि नेपालको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत लागेका सफल उद्योगी व्यवसायी अग्रवाललाई संविधान दिवस २०७७ को अवसरमा उक्त विभूषणद्वारा विभूषित गर्ने घोषणा गरिएको हो।

अध्यक्ष अग्रवालसहित करिब २ दर्जन उद्योगी व्यवसायी विभिन्न पदक तथा विभूषणबाट विभूषित हुने भएका छन्।

उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा लागेका अग्रवालले राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्‍याउँदै आएका छन्।

अग्रवाल हाल एनआईसी एसिया बैंकको अध्यक्षका साथै विशाल ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डस्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका छन्।

अग्रवालले भीजी फाउन्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन्।

अग्रवालसहित विभूषित हुने सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष कार्यक्रम गरेर सम्मान गर्नेछिन्।

संविधान दिवसको अवसरमा सरकारले ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .