ad ad

कारोबार


व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बिभूषण

व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बिभूषण

नेपालखबर
असोज ३, २०७७ शनिबार १६:४१,

सरकारले व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ले विभूषित गर्ने भएको छ।

बिभिन्न क्षेत्रमा योगदान पुर्‍याएका कारण विभूषणका लागि छनौट भएका व्यक्तिहरुको नाम संविधान दिवसको दिन शनिबार घोषणा गरिएको हो।

शंकर ग्रुपले गत आर्थिक वर्ष २०७६–७७ मा आफ्नो सबै व्यवसायबाट १८ अर्ब रुपैयाँ सरकारलाई राजस्व तिरेको थियो।

सन् १९६० मा रावत मल गोल्यानले स्थापना गरेको व्यवसाय नै अहिलेको शंकर ग्रुपको सुरुवातको पहिलो खुड्किलो थियो। यसबाट सो समूहको व्यवसायिक यात्रा निरन्तर अगाडि बढ्दै आएको हो।

उनै रावतका कान्छा छोरा शंकरलाल अग्रवालले आफ्नो बुबाले सुरु गरेको उद्योगलाई विस्तार गरेका हुन्।

उनले १९७९ मा शंकर ग्रुपको आधारशिला राखेका थिए। उनै शंकरलाल अग्रवाललाई आजसरकारले जनसेवी अवार्ड प्रदान गरेको छ।

शंकरलाल अग्रवालले स्थापना गरेका उद्योगले माइनिङ, सिमेन्ट, स्टील, सेन्थेटिक, कपडा, एफएमसिजी, बीमा, क्यापिटल मार्केट, रियलस्टेट, होटल लगायतका क्षेत्रमा सेवा विस्तार गरेको छ।

यी क्षेत्रका साथै यो समूहले ट्रेडिङ व्यवसायतर्फ पनि धेरै ब्राण्डको बस्तु तथा सेवा बिक्री गर्दै आएको छ।

ट्रेडिङमा इलेक्ट्रोनिक्सदेखि अटोमोवाइलसम्मका क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले नेपालमै टीभीएस ब्राण्डको मोटरसाइकल एसेम्बल यूनिट समेत स्थापना गरिसकेको छ।

यही समूहकै कम्पनी जगदम्बा स्टील नेपालको सबैभन्दा ठूलो स्टील उत्पादक रहेको छ। याे कम्पनीमा २५ सय मानिसले रोजगारी पाइरहेका छन्।

अहिले साे समूह अन्तर्गतका कम्पनीमा १० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन्। पछिल्ला वर्षहरुमा यो समूह ठूला करदातामध्ये प्रमुख पाँचमा पर्दै आएको छ।

उनको योगदानलाई कदर गर्दै सरकारले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट विभूषित गर्ने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .