ad ad

कारोबार


आजदेखि उपत्यकामा दशैं-तिहार लक्षित सुपथ मूल्यका पसल सञ्चालन हुँदै, कुन सामानमा कति छुट?

आजदेखि उपत्यकामा दशैं-तिहार लक्षित सुपथ मूल्यका पसल सञ्चालन हुँदै, कुन सामानमा कति छुट?

नेपालखबर
असोज १५, २०७७ बिहिबार ०:४६,

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा दशैं-तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ।

मन्त्रालयले असोज १५ गतेदेखि मंसिंर ६ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो।

‘नेपालीहरुको महत्वपूर्ण चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत सुपथ मूल्यमा सामान उपलब्ध गराउन लागिएको हो,’ मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ।

मन्त्रालयले उपभोग्य वस्तुहरुको मूल्य पनि सार्वजनिक गरेको छ। मन्त्रालयले नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ तोकेको छ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ।

मन्त्रालयले खसीबोका तथा च्यांग्रामा किलोको १०, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय गरेको छ।

सुपथ मूलयका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुनेछन्।

हेर्नुस् प्रेस विज्ञप्ति

120423191 731094521177198 4732556444303222408 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .