ad ad

समाज


कोरोना महामारीबीच भारतमा १५ दिनपछि सिनेमा हल पनि खुलाइने

कोरोना महामारीबीच भारतमा १५ दिनपछि सिनेमा हल पनि खुलाइने

नेपालखबर
असोज १५, २०७७ बिहिबार ०:३९,

भारतमा दैनिक ठूलो मात्रामा कोरोना संक्रमण देखिइरहेको भए पनि यही अक्टोबर १५ देखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन्। 

भारत सरकारले स्वास्थ्य सुरक्षाका केही सर्तसहित अबकाे १५ दिनमा ती क्षेत्र खुला गर्ने अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आज बिहीबार अक्टोरबर सुरु भइसकेको छ।

साथै भारत सरकारले विद्यालय र कलेजसमेत खोल्न अनुमति दिएको छ। तर यसबारे निर्णय गर्ने अधिकार केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको समाचारमा उल्लेख छ।

सिनेमा हल सञ्चालन गर्दा ५० प्रतिशत सिटमात्र प्रयोग गर्न अनुमति दिइएको बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .