आन्तरिक उडान गर्दै आएको यति एयरलाइन्सले यही २१ गतेदेखि सिमरा उडान गर्ने भएको छ।
कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतिले जेटस्ट्रिम विमानमार्फत हरेक दिन बिहान ९ बजे र बेलुका पौने ५ बजे काठमाडौंबाट उडान गर्नेछ।
उडानको एकतर्फी भाडा दर दुई हजार आठ सय रुपैयाँ राखिएको छ। यात्रुको माग बढेको भन्दै लामो समयपछि यतिले सिमरामा उडान भर्नलागेको हो। यतिले अहिले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारलगायतका स्थानमा उडान गरिरहेको छ।
कम्पनीले काठमाडौं र पोखराबाट पर्वतीय उडान तथा तारा एयरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ।
प्रतिक्रिया