ad ad

कारोबार


बलिउड चलचित्र ‘खाली पीली’ डिशहोमको सिनेमाघरमा रिलिज हुँदै

बलिउड चलचित्र ‘खाली पीली’ डिशहोमको सिनेमाघरमा रिलिज हुँदै

नेपालखबर
असोज १६, २०७७ शुक्रबार १०:२९,

नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ।

शुक्रबार रिलिज हुने चलचित्र ‘खाली पीली’ पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन्। ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उदेश्यले डिशहोमले सिनेमाघर ईन्टरनेशनल ९९९ सञ्चालनमा ल्याएकोे हो।

 विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलो पटक डिशहोमले सञ्चालन गरिरहेको छ। डिशहोमले पे पर भ्यू सेवा मार्फत न्युनतम मूल्यमा परिवारसँग घरमा नै बसेर नयाँ नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नं. १०८ ,८८८ र ५५५ यस अघिनै सफलताका साथ सञ्चालन गरिरहेको छ।

दैनिक ८ शो सञ्चालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा चलचित्र ‘खाली पीली’ हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी ९९९ आफ्नाे केसआईडी अनि हेर्न चाहेको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .