ad ad

कारोबार


व्यवसायीलाई स्वास्थ्यमन्त्री ढकालको आश्वासन : हल्लाको पछि नलाग्नुस्, तत्काल लकडाउन हुँदैन

व्यवसायीलाई स्वास्थ्यमन्त्री ढकालको आश्वासन : हल्लाको पछि नलाग्नुस्, तत्काल लकडाउन हुँदैन

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ११:९,

नेपालमा फेरि लकडाउन हुने हल्ला चलेपछि व्यवसायीहरुको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गरेको छ।

नेपालमा २५ हजार सक्रिय कोभिड १९ संक्रमितको संख्या पुगेमा लकडाउन गर्ने सुझाव केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालयले दिएको थियो।

मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजारभन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले असोज ७ गतेको नियमित प्रेस ब्रिफिङमा बताएका थिए।

सोही कारण फेरि लकडाउन हुनसक्ने भन्दै व्यवसायीहरुले स्वास्थ्यमन्त्री ढकालसँग भेटवार्ता गरेका हुन्।

No description available.

नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिले स्वास्थ्यमन्त्री ढकालसँग भेट गर्दै अब फेरि लकडाउन भएमा उद्योग व्यवसायमा धेरै ठूलो समस्या आउने धारणा राखेका हुन्।

कोरोना संक्रमण र त्यसपछि भएको लकडाउनको कारण व्यवसाय चौपट भइसकेकोले अब फेरि हुने लकडाउन थेग्न नसकिने व्यवसायीले मन्त्रीलाई अवगत गराएका थिए।

अहिले सञ्चालनको तरखरमा रहेको बेला पुनः लकडाउन भए उद्योग व्यवसाय क्षेत्र नै तहसनहस हुने उनीहरुको भनाइ छ।

व्यवसायीले सुरक्षा मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने तर बन्द नै गर्नु नहुने मन्त्रीसामु बताएका थिए।

राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशी, नेपाल उद्योग वणिजय महासंघका शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा, रेष्टुरेन्ट एण्डबार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीलगायतका व्यवसायीहरुले स्वास्थ्यमन्त्री ढकालसँग भेट गरेका हुन्।

No description available.

उनीहरुसँगको भेटमा मन्त्री ढकालले अब लकडाउन नहुने आश्वसन दिएको व्यवसायीहरुले बताएका छन्। उनले अब लकडाउन भएमा अर्थतन्त्र धेरै बिग्रिने कुरा सरकारले बुझेको व्यवसायीहरुलाई बताएका थिए।

‘सरकारकोे २५ हजार संक्रमितको व्यवस्थापन गर्ने क्षमता रहेको तर पनि अब यसको क्षमता विस्तार गर्ने तर लकडाउन नगर्ने पक्षमा सरकार रहेको छ’, मन्त्री ढकालको भनाइ उद्धृत गर्दै अरनिको राजभण्डारीले नेपालखबरसँग भने, ‘तर व्यवसायीले पनि सुरक्षाको मापदण्डमा होसियार हुनुपर्नेछ। त्यसको लागि ग्राहक तथा उपभोक्ताको समेत यसमा महत्वपूर्ण भूमिका हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .