ad ad

कारोबार


कलंकीपछि चण्डोलमा पनि भेटियो नयाँ मितिको लेबल टाँस्ने धन्दा, ठूलै घराना संलग्न

कलंकीपछि चण्डोलमा पनि भेटियो नयाँ मितिको लेबल टाँस्ने धन्दा, ठूलै घराना संलग्न

नेपालखबर
असोज २०, २०७७ मंगलबार १४:१९,

कलंकीमा पाँचतले घर नै भाडामा लिएर म्याद गुज्रेका सामानमा नयाँ लेबल लगाउने गरेको भेटिएकोमा चण्डोलमा पनि यस्तै धन्दा हुने गरेको पाइएको छ। केही दिनअघि कलंकीमा विशेष सूचनाको आधारमा भेटिएको सो घर र नयाँ लेबल गरेर सामान राख्ने गोदामसमेत सिल गरिएको थियो।

प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीमा यस्ताे धन्दा फेला पारेकाे केही दिनमै यस्तै प्रकृतिको अर्को गाेदाम काठमाडाैंकै चण्डाेलमा भेटिएकाे हाे।

प्रहरी परिसर काठमाडौंले विशेष सूचनाको आधारमा चण्डोलमा छापा मार्दा नयाँ लेबलिङ गर्न ठिक्क पारिएको सामग्री भण्डारण गर्ने गोदाम फेला पारेको थियो। प्रहरीले सो स्थानबाट ठुलो परिमाणमा चकलेट, बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु पेपर र पास्ता जस्ता वस्तुहरु बरामद गरेको छ।

परिसरका प्रवक्ता सोमेन्द्र सिंह राठौरले कलंकीमा फेला परेको जस्तै समानहरु चण्डोलमा फेला परेको नेपालखबरलाई बताए। उनका अनुसार त्यहाँ देखिएका केही ब्राण्ड कलंकीमा फेला परेकोसँग मिल्दो छन्।

‘म्याद गुज्रिएको र नयाँ म्याद राख्न ठिक्क पारिएको केही समानहरु यो भन्दा अघि भेटिएकै प्रकृतिको रहेको छ’ उनले भने, ‘बिक्रेता, व्यवसायीहरु फरक होलान् तर ब्राण्ड भने मिलेको छ।’

फेला परेका वस्तुकाे प्रकृतिका आधारमा बिक्रेता कम्पनीहरुका सञ्चालक फरक-फरक भएपनि उनीहरुले बिक्रेताको जिम्मेवारी लिएको मूल कम्पनी भने एउटै हुनसक्ने प्रहरीले आंशका गरेको छ।  त्यससम्बन्धी अनुसन्धान भैरहेको राठौरले बताए।

कलंकीमा युनिलिभरको आधिकारीक बिक्रेता रहेको आयन इन्टरनेशनल र विशाल ग्रुप अन्तगर्तको युनाइटेड डिष्ट्रिब्यूटर संलग्न देखिएको थियो। आज फेला परेको चकलेट, बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु पेपर र पास्ता जस्ता वस्तुको गोदाम भने जोजियाक मार्केटिङ एण्ड डिस्ट्रिब्युसन नामक कम्पनीको हो। यो बिक्रेता कम्पनी पनि युनिलिभर र विशाल ग्रुप दुवैसँग जोडिएको देखिएको छ।

प्रहरीले सो गोदामबाट तीन करोडभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। प्रहरीले गोदामका मालिक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार र स्टोर किपर अनिल मगरलाई पक्राउ गरेको छ।

याे पनि: कलंकीबाट ठूलो मात्रामा म्याद सकिएका सामग्री बरामद, ५ जना पक्राउ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .