त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीहरुले उप-प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको विरोध गरेका छन्। विद्यार्थीहरुले मंगलबार प्रेश विज्ञप्ति प्रकाशित गरी दोषीमाथि कारबाही गर्नसमेत माग गरेका छन्।
समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि मंगलबार विहान विश्वविद्यालय परिसरभित्रै एक समूहले आक्रमण गरेको थियो।
विद्यार्थीहरुले केही दिनअघि नै विश्वविद्यालयमा भय र त्रासको वातावरण देखिएकाेमा सम्बन्धित निकायलाई सचेत गराएको बताउँदै त्यसको केही दिनभित्रै यस्तो घटना हुन पुगेको बताएका छन्।
‘विश्वविद्यालय प्राज्ञिक बहस, छलफल र चिन्तन गर्ने गरिमामय संस्था हो। तर, दिन दहाडै शिक्षकमाथी भएको यस्तो हिंस्रक आक्रमणले शिक्षक र विद्यार्थीको सुरक्षालाई लिएर गम्भीर प्रश्न खडा गरेको छ’ विद्यार्थीहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘ जो कोही न्यायप्रेमीलाई स्तब्ध पार्ने यस घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरि आवस्यक अनुसन्धान अघि बढाउन हामी सुरक्षा निकाय र विश्वविद्यालय प्रशासनलाई अनुरोध गर्न चाहन्छौं।’
याे पनि: त्रिविका उप–प्राध्यापक चलाउनेमाथि विश्वविद्यायय परिसरभित्रै रड प्रहार
Shares
प्रतिक्रिया