ad ad

खेल


दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारी उपचारपछि अस्पतालबाट डिस्चार्ज

दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारी उपचारपछि अस्पतालबाट डिस्चार्ज

नेपालखबर
असोज २०, २०७७ मंगलबार १३:५३,

सवारी दुर्घटनामा परी घाइते भएका क्रिकेटर ललित सिंह भण्डारी सम्पूर्ण उपचार सकी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनी भदौ २८ गते महेन्द्रनगरबाट धनगढी जाने‌‌क्रममा मोटरसाइकल ‌दुर्घटना हुँदा घाइते भएका थिए।

भण्डारी चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएपछि उनलाई काठमाडौं ल्याई ग्रान्डी अस्पतालमा डा. चक्रराज पाण्डेको टिमले उनको शल्यक्रिया गरेको थियो।

पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका उनी हाल नेपाल पुलिस क्लबबाट घरेलु तथा फ्रेन्चाइज लिग खेलिरहेका छन्।

नेपाल क्रिकेट संघले उनी उपचार सकेर अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ।

यसैबीच क्रिकेट खेलाडी संघले उपचारत राष्ट्रिय क्रिकेट खेलाडी भण्डारीलाइ संकलित ६ लाख २८ हजार रकम हस्तान्तरण गरेको छ।

साथै क्रिकेट खेलाडी संघले सिम्रिक एयरबाट उपचारको लागि भण्डारीलाइ काठमान्डौ ल्याउनको लागि लागेकाे रु ३ लाख ८० हजार समेत सम्बन्धित कम्पनिलाइ भुक्तानी गरेको समेत जनाएको छ।

क्रिकेट खेलाडी संघको अभियानमा कुल १० लाख ८ हजार रुपैयाँ संकलन भएको समेत संघले जानकारी गराएको छ।

याे पनि: 
क्रिकेटर भण्डारीको शल्यक्रिया सफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .