ad ad

कारोबार


कालोपुलको मेडलिज ट्रेडर्समा १० लाख रुपैयाँका म्याद सकिएका खानेकुरा

कालोपुलको मेडलिज ट्रेडर्समा १० लाख रुपैयाँका म्याद सकिएका खानेकुरा

नेपालखबर
असोज २१, २०७७ बुधबार ११:२०,

काठमाडौं कालोपुलमा सञ्चालन भएको मेडलिज ट्रेडर्समा करीब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन्। महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा आज यी सामाग्री भेटिएका हुन्।

पसलमा बट्टामा प्याकिङ् गरिएका खानेकुरा, चामल, बिस्कुट, चकलेट, चिउरा, अचारलगायतका सामान छन्। अनुगमन टोलीले सञ्चालकलाई ३ दिनभित्र कृषि विभागमा हाजिर हुन निर्देशन दिएको छ।

‘मार्टमा भएका अधिकांश सामान उपभोग गर्ने अवस्थाका देखिएनन्’ कृषि विभागका प्रमुख एवं अनुगमन टोलीका संयोजक हरिबहादुर भण्डारीले भने, ‘यो समस्या अधिकांश मार्टमा देखिएको छ।’

गुणस्तरीय सामानका लागि मार्टमा जाने उपभोक्ता गुणस्तरमा झन् ठगिएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए। 

उनले भने, ‘राम्रा भनिएका ठाउँमा यस्ताे समस्या छ। अन्यत्र के होला?’

पसल सञ्चालकले भने लकडाउनका कारण सामान हेर्न नपाउँदा म्याद गुज्रेको दाबी गरेका छन्।

सञ्चालिका भगवती सिग्देलले भनिन्, ‘लकडाउन भयो। सामान हेर्न भ्याइएन। तपाईहरु अर्कोपटक आउँदा, सुधार भएको पाउनु हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .