ad ad

समाज


सन् २०२२ को डी.भी. कार्यक्रम खुला

सन् २०२२ को डी.भी. कार्यक्रम खुला

नेपालखबर
असोज २१, २०७७ बुधबार ११:३४,

सन् २०२२ को डाइभर्सिटी भिसा (डी.भी.) कार्यक्रमको लागि आवेदन दर्ता आज बुधबार नेपालको स्थानीय समयानुसार रातको ९:४५ बजेबाट सुरु हुने गरी खुल्ने भएको छ।

त्यसैगरी कार्तिक २५ गते नेपालमा स्थानीय समयानुसार रातको १०:४५ बजेबाट बन्द हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

दूतावासले डी.भी. आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्ने जनाएको छ।

इच्छुक आवेदकका लागि दूतावासद्वारा दिइएको जानकारी यस्तो छ :

– आवेदन निस्शुल्क: डी.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन।

– कन्सल्टेन्टको आवश्यकता नपर्ने: अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ बिचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार हुनुहुनेछ।

– फारम अनलाइन भर्नुपर्ने: सन् २०२२ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डी.भी.) आवेदन फारम भर्नु पर्नेछ।

– पारिवारिक विवरण खुलाउनुपर्ने: दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष पुरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ।

– एक जनाका लागि एउटा आवेदन: तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्।

– हालसालै खिचिएको फोटो: अघिल्लो वर्षको डी.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। कृपया ध्यान दिनुहोला: फोटो खिच्दा आवेदकले चश्मा लगाउनु हुँदैन।

– बहालवाला, म्याद समाप्त नभएको राहदानीको विवरण आवश्यक: यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ।

– आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस्: यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो।

– आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस्।

– तपाईँ डी.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ८, २०२१ (२०७८ वैशाख २५) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रविष्ट गर्नु हो।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन।

डी.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डी.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्याैल गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने कागजपत्रहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .