ad ad

समाज


एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिँदा कुन जिल्लाका कति?

एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिँदा कुन जिल्लाका कति?

नेपालखबर
असोज २१, २०७७ बुधबार ११:१५,

नेपालमा एकैदिन ३ हजार ४३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा १ हजार ६८४ सहित देशभरमा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो।

बुधबार पनि सबैभन्दा बढी काठमाडौँमा १ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा मोरङ ३२२, ललितपुर, २९३ सुनसरी १९३, चितवन १३१, रुपन्देही १३०, बाँके १०६, मकवानपुर ९९, भक्तपुरमा ९५ र सुर्खेत ७८ रहेका छन्।

योसँगै नेपालमा संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ।

हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .