ad ad

कारोबार


आज काठमाडौंसहित ६ जिल्लाका विभिन्न स्थानमा विद्युत् कटौती

आज काठमाडौंसहित ६ जिल्लाका विभिन्न स्थानमा विद्युत् कटौती

नेपालखबर
असोज २४, २०७७ शनिबार २:५१,

नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौं उपत्यकासहित ६ जिल्लाका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार आज काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानसहित काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती गरिने भएको हो।

जसअनुसार सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा बिहान ७ बजेदेखि नै विद्युत कटौती भइसकेको छ। अब त्यहाँ दिउँसो ३ बजे मात्रै विद्युत् सञ्चालन हुनेछ।

यस्तै धनकुटाका विभिन्न क्षेत्रमा पनि बिहान ७ बजेदेखि नै विद्युत कटौती गरिएकाे छ भने त्यहाँ अब साँझ ५ बजे मात्रै विद्युत् आउने प्राधिकरणले जनाएको छ।

यस्तै काभ्रेमा अहिले बिहान ९ बजेदेखि तथा काठमाडौंको जोरपाटी वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ। यस क्षेत्रमा विद्युत साँझ ५ बजे मात्रै आउने प्राधिकरणले जनाएको छ।

यस्तै पुल्चोक, कुलेश्वर र लगनखेल वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा अहिले बिहान ११ बजेदेखि विद्युत् कटौती हुने प्राधिकरणले सूचनामार्फत जानकारी दिएकाे छ। 

विद्युत् कटौतीबारे विस्तृत सूचना हेर्न यहाँ क्लिक गर्नुहोला अथवा तलकाे सूचना हेर्नुहाेला।

bi123

bii234

biii345

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .