ad ad

राजनीति


डा.केसीको जीवन रक्षा गर्न संवेदनशील बनौँ : नारायणकाजी

डा.केसीको जीवन रक्षा गर्न  संवेदनशील बनौँ : नारायणकाजी

नेपालखबर
असोज २४, २०७७ शनिबार २:४१,

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाको लागि सबै संवेदनशील बन्नुपर्ने बताएका छन्।

सरकार र डा. केसीका प्रतिनिधिहरुबीचको वार्ता टुंगोमा पुग्न नसकिरहेको बेला नेता श्रेष्ठले शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत  वार्तालाई हरहालतमा सफल पार्नुपर्ने र केसीको जीवन रक्षा गर्नुपर्नेमा जोड दिएका हुन्।

‘डा.गोविन्द केसी पक्ष र सरकारको बीचमा भईरहेको वार्ता हरहालतमा सफल पार्नुपर्छ र डा. केसीको जीवन रक्षा गर्नुपर्छ, सम्बन्धित सबै संवेदनशील बनौं,’ श्रेष्ठले ट्विट गर्दै भनेका छन्।

गए राति सरकारी पक्ष र डा.केसीका प्रतिनिधिबीच भएको वार्तामा कुनै समझदारी नभएपछि डा.केसीको जीवन जोखिममा परेको छ। डा.केसीको वार्ता टोलीका सदस्यहरुले बिहीबार भएको समझदारीभन्दा पनि शुक्रबार रातिको वार्तामा सरकार पक्ष पछि हटेपछि सहमति बन्न नसकेको आरोप लगाएका छन्।

बिहीबार दुई चरणमा गरी छ घण्टासम्म डा.केसीका प्रतिनिधि र सरकारी टोलीबीच छलफल भई मस्यौदामा सहमति भएको थियो।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै केसी २७ दिनदेखि अनसनमा रहेका छन्। यो १९औं पटकको अनसन उनले जुम्लाबाट सुरु गरेका हुन्। पछि उनी काठमाडौं आएर निरन्तरता दिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .