ad ad

कारोबार


कलंकी-चावहिल सडकखण्ड विस्तार गर्न सरकारले गर्‍याे चार निर्णय

कलंकी-चावहिल सडकखण्ड विस्तार गर्न सरकारले गर्‍याे चार निर्णय

नेपालखबर
असोज २५, २०७७ आइतबार १३:४१,

सरकारले चक्रपथ सुधार आयोजना दोस्रो चरणको कामलाई तत्काल गति दिने भएको छ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले कलंकी–चावहिल सडक विस्तारका लागि चार निर्णय गरेको छ।

जसमा एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, तीन महिना भित्र ‘हाई भोल्टेज टावर’ स्थानान्तरण गर्ने, सडक सीमामा रहेका जग्गाको मूल्यांकन गर्ने लगायत छन्।

नेपाल विद्युत प्राधिकरणबाट बिगतमा बिभिन्न बैठकहरुमा भएका प्रतिबद्धताहरु अनुसार कार्तिक मसान्त भित्र सम्पूर्ण पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न गर्ने र ३ महिना भित्र अनिवार्य रुपमा कारखाना चोक र सानोभर्याङ स्थित हाई भोल्टेज टावर स्थानान्तरण गर्ने निर्णय गरेको छ।

त्यसैगरी स्वयम्भूस्थित चैत्य कार्तिक मसान्त भित्र हटाउन काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने र सडक विभाग, काठमाडौँ चक्रपथ सुधार योजनाबाट कार्तिक मसान्त भित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ।

बौद्धधर्मलम्बीले विकासको नाममा संस्कृतिक सम्पदा मास्न नपाइने भन्दै विरोध गर्दै आएका छन्। तर भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौं महानगरपालिकासँग मौखिक सहमति भैसकेको बताएको छ।

त्यस्तै बैठकले जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगञ्जको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कार्तिक मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

चीनको सहयोगमा बन्दै गरेको दोस्रो चरणको काममा सडक सीमासम्बन्धी रहेको अन्यौल बारेमा राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशिघ्र नीतिगत निर्णय गर्नको लागि सडक विभागबाट आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ।

कलंकीदेखि चावहिलसम्म विस्तार हुने सडकमा २१ सय रूख कटानको काम सम्पन्न भैसकेको छ। बाँकी भौतिक संरचना र खानेपानीका पाइप सार्ने काम छिट्टै सक्ने मन्त्रालयको दाबी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .