ad ad

समाज


बिहारमा सामुहिक बलात्कारपछि छोरासहित बाँधेर महिलालाई नदीमा फालियो

बिहारमा सामुहिक बलात्कारपछि छोरासहित बाँधेर महिलालाई नदीमा फालियो

नेपालखबर
असोज २५, २०७७ आइतबार १३:३०,

भारतको बिहारमा छोरासहित बैंक हिँडेकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ।

बिहारको बक्कसर जिल्लास्थित मुरार थाना क्षेत्रकी एक ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो।

ओझा बराव गाउँकी ती महिला शनिबार दिउँसो बैंक हिँडेका बेला बाटोमै एक समूहले अपहरण गरी सामूहिक बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बलात्कारपछि उक्त समूहले छोरासहित महिलालाई हातखुट्टा बाँधेर नदीमा फालिदिएको थियो। नदीमा महिला र बच्चालाई बाँधेर फालेको देखेपछि स्थानीयले उनको उद्धार गरेका थिए। नदीमा डुबेका कारण बच्चाको मृत्यु भइसकेको थियो। महिलाको भने अहिले स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय समय अनुसार शनिबार बिहान ११ बजे ती महिला आफ्नो ५ वर्षीय छोरासहित बैंकमा पैसा निकाल्नका लागि हिँडेकी थिइन्। अबेरसम्म पनि घर नफर्केपछि परिवारले उनको खोजी गरेको थियो। साँझमात्रै परिवारले घटनाका बारेमा थाहा पाएको थियो।

महिलाका परिवारले घटनाका बारेमा प्रहरीमा जाहेरी दिएका छन्। परिवारको जाहेरीपछि अहिले प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले बच्चाको शव पोस्टमार्टमका लागि पठाएको छ भने महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाएको छ।

बक्सरका एसपी निरजकुमार सिंहले घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिसकेको जानकारी दिए। उनले घटनामा अर्का एक जनाको पनि संलग्नता रहेको र उनको खोजी कार्य भइरहेको जानकारी दिए। उनले अपराधीहरुलाई कुनैपनि हालतमा उम्कन नदिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .