ad ad

कारोबार


विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गर्न आईएमईको ‘भरोसा कोश’

विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गर्न आईएमईको ‘भरोसा कोश’

नेपालखबर
असोज २६, २०७७ सोमबार १५:१८,

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यका साथ आईएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ।

कोशमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा यही कार्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन्।

रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइनेछ। यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुनेछ। आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ–साइटहरू मार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो।

यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरिएको भन्दै कम्पनीले यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्ने विश्वास लिएको छ।

कम्पनीले २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .