ad ad

कारोबार


वायुसेवा निगम र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सम्झौता

वायुसेवा निगम र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सम्झौता

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ११:५०,

नेपाल वायुसेवा निगम र पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सम्झौता गरेका छन्। 

निगमका अनुसार आइतबार दुई पक्षबीच नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धमा सहकार्य गर्ने गरी सम्झौता भएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच भएको यस सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने निगमले दाबी गरेको छ।

नेपाल वायुसेवा निगमले विगतदेखि नै नेपालमा विदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबीचको सहकार्यले अझ थप हौसला प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .