ad ad

कारोबार


व्यापार युद्धः चीनले अमेरिका लक्षित निर्यात नियन्त्रण कानुन बनायो

व्यापार युद्धः चीनले अमेरिका लक्षित निर्यात नियन्त्रण कानुन बनायो

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १२:७,

सिन्ह्वाका अनुसार चीनमा पारित भएको कानुनले चीनको चासोमा हानी पुर्‍याउने किसिमले निर्यात नियन्त्रणको दुरुपयोग गर्ने देशहरुकाविरुद्ध कारवाही गर्न अनुमति पनि दिनेछ।

चीनले कुनै देशको नाम लिएको छैन। यद्यपी पछिल्लो समय अमेरिकाले चिनियाँ प्रविधि कम्पनीमाथि प्रतिबन्धको घोषणा गरेको छ।

चिनियाँ प्रविधि सामग्री चीन सरकारको जासुसीको माध्यम भएको अमेरिकी ठहर छ। अमेरिकाले सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कोर्प, हुवावे, टेनसेन्टजस्ता कम्पनीका सामग्री निर्यात नगर्ने बताएको छ।

यसबीचमा चीनले पनि निर्यात नियन्त्रणको दुरुपयोग गर्ने र चीनको साचोमा हानी पुर्याउने देशविरुद्ध कदम चाल्न सकिन कानुन बनाएको हो।

डिसेम्बर १ देखि लागू हुने भनिएको कानुनअनुसार अब चीनले पनि अमेरिकी सामग्रीमा प्रतिबन्ध लगाउने अनुमान गरिएको छ।

पछिल्लो समय अमेरिका र चीनबीच व्यापार, मानवअधिकार, प्रविधि, कोरोना भाइरस लगायतका विषयमा विवाद चर्किएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .