ad ad

कारोबार


कृषि मन्त्रालय भन्छ : गहुँलाई मल अभाव हुँदैन, ५० हजार मेट्रिकटन बंगलादेशबाटै आउँछ

कृषि मन्त्रालय भन्छ : गहुँलाई मल अभाव हुँदैन, ५० हजार मेट्रिकटन बंगलादेशबाटै आउँछ

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १६:०,

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल अभाव हुन नदिन ५० हजार मेट्रिकटन मल बंगलादेशबाट नै आयात गर्ने जनाएको छ।

पैँचो मल ल्याउने निर्णय भएपनि बंगलादेशले नै पैँचोको लागि प्रक्रिया मिलाउन नसक्दा जीटुजी प्रक्रिया मार्फत मल ल्याउन लागिएको मन्त्रालयले बताएको हो।

कृषि मन्त्री घनश्याम भुसालका निजी सचिव डा गंगा आचार्यका अनुसार अहिले तत्काल गहुँको लागि मल अभाव नभएको र बंगलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउने प्रक्रिया कायम नै रहेको छ।

‘पैँचो मल ल्याउने सहमति भएको हो तर बंगलादेश आफैँले प्रक्रिया मिलाउन नसक्दा त्यसमा केही प्रक्रिया परिर्वतन गर्न खोजिएको छ तर पनि मल भने बंगलादेशबाट नै ल्याइने छ’ उनले भने, ‘त्यसको लागि जीटुजी गर्ने प्रक्रिया अघि बढाउन लागिएको हो।’

गत भदौमा नेपालका प्रधानमन्त्री र बंगलादेशको प्रधानमन्त्रीबीच भएको छलफलमा समेत सो विषयमा कुराकानी भएको थियो।

नेपालले मल आयतको लागि ठेक्का लगाएको कम्पनीले मल ल्याउन नसके पनि कृषि मन्त्रालयले मलको जोहो गर्न छिमेकी मुलुकहरुसँगको मौज्दातको अवस्थाबारे जानाकारी लिएको थियो। सो अनुसार बंगलादेशमा मौज्दात रहेको जानकारी प्राप्त भएपछि बंगलादेशसँग पैँचो मागेको थियो। त्यसमा बंगलादेश सकरात्मक भएको थियो। सो अनुसार दुईदेशका प्रधानमन्त्रीबीच समेत उक्त विषयमा छलफल भई सहमति भएको थियो।

तर बंगलादेशले पैँचो दिने प्रक्रिया मिलाउन नसकको पछि अहिले जीटुजी प्रक्रिया को तयारी भैरहेको छ। त्यसको लागि आगामी मन्त्रिपरिषद्मा कृषि मन्त्रालयले प्रस्ताव गर्ने मन्त्रालयका एक अधिकारीले जानकारी दिए। उनका अनुसार प्रस्ताव तयार भैसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .