चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै किंग्स एलाभेन पञ्जाव, इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणबाटै बाहिरिएको छ।
योसँगै पञ्जाव लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको हो। आइपीएल इतिहासमा चेन्नई पहिलो पटक लिग चरणबाट बाहिरिसकेको छ।
यसअघि मुम्बई शीर्षस्थानमा रहँदै प्ले अफमा पुग्ने पहिलो टोली बनिसकेको छ।
पञ्जावले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले १८.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। रितुराज गायकवाड ६२ रनमा नटआउट रहे। ४९ बलमा ६ चौका र १ छक्का हानेका रितुराजले लिगमा तेस्रो अर्धशतक प्रहार गरे। अम्बाती रायुडु ३० बलमा ३० रनमा नटआउट रहे।
ओपनर फाप डु प्लेसिस र रितुराज गायकवाडले पहिलो विकेटका लागि २ रनको उत्कृष्ट साझेदारी गर्दै जित सुनिश्चित गरे। फाफ डु प्लेसिस ४ रनमा क्याच आउट भए। क्रिस जोर्डनले एक विकेट झारे।
त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रनको योगफल तयार पारेको थियो। दीपक हुडा ६२ रनमा नटआउट रहे।
चेन्नईका लुन्गी एनगिडीले ३ विकेट लिए। इमरान ताहिर, रविन्द्र जडेजा र शार्दुल ठाकुरको नाममा एक एक विकेट रह्यो।
प्रतिक्रिया