सानिमा बैंकले गत आर्थिक वर्षमा ३२ प्रतिशत नाफा वृद्धि गरेको छ। एक वर्ष अवधीमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको हो।
अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ६९ करोड रहेको थियो। बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा ८९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कर्जा प्रवाह भने ८१ अर्ब २४ करोड रहेको छ।
बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ६२ करोड गरेको प्रकाशित वित्तीय विवरणमा उल्लेख गरेको छ। बैंकको प्रति सेयर आम्दानी २८.४ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
खराब कर्जा अनुपात सबैभन्दा कम हुने सानिमाको यो वर्ष केही बढेको तथ्याङ्कले देखाएको छ। २०७५ असार मसान्तको विवरणमा ०.०३ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष ०.०८ प्रतिशत रहेको छ।
बैंकको कर्जाको बेसरेट अघिल्लो वर्षको तुलनामा घटेको छ। २०७५ असार मसान्तमा ९.९१ प्रतिशत रहेको बेसरेट २०७६ असार मसान्तमा ९.४५ प्रतिशत रहेको छ।
Shares
प्रतिक्रिया