ad ad

कारोबार


विशेष छुटसहित देशदर्शनले सुरु गर्‍यो पर्यटक बस सेवा सुरु

विशेष छुटसहित देशदर्शनले सुरु गर्‍यो पर्यटक बस सेवा सुरु

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ९:४७,

देशदर्शन बस सेवा प्रालिले कोभिड–१९ को बढ्दो संक्रमणका बीचपनि शनिबाट पर्यटक बससेवा सुरु गरेको छ।

देश दर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले शनिबारदेखि सेवा सुचारु गरेको हो।

देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बस सेवा दिनेगरी पर्यटन बस सुचारु गरिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बताए। देशका मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रीकालिन बससेवा सञ्चालन गरेकाले पर्यटन विकासमा महत्वपूर्ण हुने पनि उनले बताए।

काठमाडौं–पोखरा, काठमाडौं–जनकपुर, काठमाडौं–वीरगन्ज, काठमाडौं–लुम्बिनी, काठमाडौं–चितवन, र चितवन–पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास पनि गुरागाईंले व्यक्त गरे। उनले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारी स्तरबाटै सहयोग हुनुपर्ने पनि बताए।

कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। देशदर्शनले शुभारम्भको एक सातासम्म काठमाडौँदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .