ad ad

कारोबार


एफईईनले वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार श्रेष्ठलाई दियो शुभकामना

एफईईनले वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार श्रेष्ठलाई दियो शुभकामना

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ११:४२,

निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टिमलाई स्वागत गरेको छ।

मंसिरमा हुन लागेको महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई शुभकामना दिएको एफईईनले जनाएको छ।

राजधानीमा एक कार्यक्रमबीच निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङले अन्जन र उनको टिमलाई सहयोग गर्ने बताएको किशोर श्रेष्ठ पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अध्यक्ष गुरुङले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई सशक्तरुपमा अगाडि बढाउनुपर्ने बताए।

महासंघको निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दीर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए।

‘व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान, म अनि ज्योती जीको समूहले सशक्त भूमिका निभाउने छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .