ad ad

कारोबार


एकै दिन ६ अर्ब बढीको सेयर कारोबार, व्यापार, बीमा र होटलमा लगानीकर्ता झुम्मिए

एकै दिन ६ अर्ब बढीको सेयर कारोबार, व्यापार, बीमा र होटलमा लगानीकर्ता झुम्मिए

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १०:२६,

सेयरबजारमा आज एकै दिन कारोबार रकम ६ अर्ब नाघेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३६.३२ र सेन्सिटिभ सूचक ४.९८ अंकले बढेको हो।

आज १ सय ९८ कम्पनीको कारोबार भएकमा १ करोड ४० लाख कित्ताभन्दा बढी सेयर बिक्री भएको छ।

दिनभरिमा ५६ हजार ३ सय ४१ पटक किनबेचपछि कुल कारोबार ६ अर्ब ११ करोडको कारोबार भएको हो।

कुल १२ वटै समूहको सूचक हरियो हुँदा लगानीकर्ताको आकर्षण होटल, व्यापार र बीमामा परेको छ। यी तीनै समूहका सूचक उच्च अंकले उकालो लागेका छन्।

नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको ४१ करोडको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हिमालयन डिस्टिलरीको २७ करोडको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २६ करोडको, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ करोडको र नेपाल टेलिकमको १७ करोडको कारोबार भएको छ।

आजको कारोबारमा कमाउनेमा तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ता छन्। होटलको १० प्रतिशतले सेयर मूल्य बढ्दा लगानीकर्तालाई २८ रुपैयाँ आम्दानी भएको छ। त्यसपछि युनिलिभर कम्पनीका लगानीकर्ताले कमाएका छन्। कम्पनीको सेयर पनि १० प्रतिशतले बढेको छ।

त्यस्तै बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ताले ८ सय ४४ रुपैयाँ प्रतिकित्ता कमाउँदा हिमालयन डिस्टिलरीका लगानीकर्ताले २ सय ६६ रुपैयाँ आम्दानी गरेका छन्।

घाटा व्यहोर्ने कम्पनीले भने आज ३.१७ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .