सिरहामा महिलाको अश्लील भिडियो बनाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरा रहेका छन्।
महराले एक २२ वर्षीया महिलालाई अर्कै पुरुषले जबरजस्ती करणी गर्दै गरेकाे अवस्थाकाे भिडियो बनाएर ब्ल्याकमेलिङ गर्दै आएको प्रहरीले जनाएको छ।
ती महिलामाथि सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबर्जस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई उनले ती महिलामाथि ब्ल्याकमेल गर्दै आएको प्रहरीले जनाएको छ।
अजयले ती महिलामाथि पटक–पटक ब्ल्याकमेल गर्न थालेपछि प्रहरीमा खबर पुगेको थियो। उनलाई ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। अजयले ती महिलामाथि ब्ल्याकमेल जबर्जस्ती करणी गर्ने योजना बनाएकाे प्रहरीले जनाएकाे छ।
महिलामाथि बलातकार गर्ने जितन फरार रहेको र उनको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया