ad ad

कारोबार


होटलमा आगलागी हुँदा दुई करोडको क्षति

होटलमा आगलागी हुँदा दुई करोडको क्षति

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ९:३,

सोलुखुम्बुमा रहेको यति माउण्टेन होम होटलमा आगलागी हुँदा दुई करोड रुपैयाँको क्षति भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाग्दिन स्थित सो होटलमा विद्युतको तार सर्ट भई आगलागी भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

आगलागीबाट घर, भाँडाबर्तन, लत्ताकपडा, अन्नपात पूर्णरुपमा जलेको छ। ईलाका प्रहरी कार्यालय लुक्लाबाट गएको प्रहरी टोली र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको प्राधिकरणले जनाएको छ।

पछिल्ला केही दिनयता आलगालीका घटनामा वृद्धि भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

प्राधिकरणका अनुसार गएको २४ घण्टामा रौतहट, झापा, सर्लाही, धनुषा, कलिवस्तु, काठमाडौं, पाल्पा र महोत्तरीमा भएका आगलागीका घटनाबाट लाखौं रुपैयाँको क्षति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .