ad ad

राजनीति


भारतीय विदेशसचिव श्रृंगला दुईदिने नेपाल भ्रमणका लागि बिहीबार आइपुग्दै

भारतीय विदेशसचिव श्रृंगला दुईदिने नेपाल भ्रमणका लागि बिहीबार आइपुग्दै

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ९:६,

भारतको विदेश मन्त्रालयले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार र शुक्रबार नेपाल भ्रमण गर्ने जनाएको छ।

विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सचिव श्रृंगलाले जिम्मेवारी सम्हालेपछि पहिलो पटक नेपाल भ्रमण गर्न लागेको जनाएको छ।

नेपाल भ्रमणका क्रममा उनले नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौडेलसँग नेपाल–भारत सम्बन्धका विविध विषयमा द्विपक्षीय वार्ता गर्ने जनाएको छ।

भ्रमणको समयमा नेपालका अन्य उच्च अधिकारीहरुसँग पनि भेट हुने सो मन्त्रालयले जनाएको छ।

‘भ्रमणका क्रममा विदेशसचिवले आफ्ना समकक्षी र अन्य अधिकारीहरुसँग हुने भेटमा भारत–नेपाल द्वीपक्षीय सम्बन्धका समग्र विषयहरुमा छलफल गर्नुहुनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

२०७६ भदौको पहिलो साता भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको दुई दिने भ्रमण गरेपछि विदेशसचिव श्रृंगला नेपाल आउने भारतका वरिष्ठ कुटनीतिज्ञ हुन्।

याे पनि: 
चिनियाँ रक्षामन्त्री आउनुअघि प्रचण्डसँग राजदूत होउको भेटवार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .