ad ad

कारोबार


मनकामना केबुलकार २३ औं वर्षमा प्रवेश, बन्द रहेको सेवा पुनः सञ्चालनको तयारी

मनकामना केबुलकार २३ औं वर्षमा प्रवेश, बन्द रहेको सेवा पुनः सञ्चालनको तयारी

नेपालखबर
मंसिर ८, २०७७ सोमबार १३:५१,

नेपालको पहिलो केबुलकार मनकामना केवलकार २३औं वर्षमा प्रवेश गरेको छ।

२३ औं वर्ष प्रवेश गरेको अवसरमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केवलकार छिट्टै नै सुरक्षाका सबै मापदण्डसहित खोल्ने तयारी भईरहेको कम्पनीले जनाएको छ। २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केवलकारको यात्रा गरिसकेका छन्।

केबुलकारले स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका पालना कार्यान्वयनमा ल्याउने गरि स्थानीय तह र उद्योगी व्यवसायीसँग समन्वय गरिरहेको जनाएको छ। पहिला स्थानीयको सुरक्षाका लागि समेत केवलकार नखोलिएको तर अहिले स्थानीय तहको स्वीकृतिमा केवलकार छिट्टै नै खुला गरिने कम्पनीले जनाएको छ।

कोभिडपछिका दिनहरुमा केवलकारको टिकट अनलाइनमार्फत खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ। इ–सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्। सुगमदेखि दुर्गम क्षेत्रसम्म इ–पे को पहुँच पुगिसकेको छ। नगद रहित कारोबार, यात्रु सेवा सहजता सँगै भिडभाड कम हुने कुरालाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरेको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।

कम्पनीले यात्रु तथा आप्mनो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुख्य ढोकादेखि नै हेल्थ स्क्रिनिङको तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने कम्पनीले जनाएको छ। यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गर्ने जनाएको छ।

कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरि छिट्टै नै पुनः सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ। कम्पनीले कुरिनटार स्टेशन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्ड समेत तयार समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .