ad ad

कारोबार


किशोर प्रधानले चन्द्र ढकाललाई भने, ‘म दाइ हो, यो पटक मलाई छोडिदिनु्होस्’

किशोर प्रधानले चन्द्र ढकाललाई भने, ‘म दाइ हो, यो पटक मलाई छोडिदिनु्होस्’

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ७:५९,

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका किशोर प्रधानले चन्द्र ढकाललाई यसपटक आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।

महासंघको हुनलागेको निर्वाचनको बन्दसत्रमा बोल्दै उम्मेदवार प्रधानले अर्का सोही पदका प्रत्याशी चन्द्र ढकाललाई उक्त आग्रह गरेका हुन्।

उनले भने, ‘म व्यवसायीको हिसाबमा दाइ हो, यो पटक मलाई छोडिदिनुहोस्।’

महासंघको साधारणसभा सुरु भइसकेको अवस्थामा बन्द सत्रमा बोल्दै उनले थपे, ‘तपाईं(चन्द्र ढकाल)को पनि आवश्यकता भएको र अर्को पटक आउँदा राम्रो हुन्छ। त्यसकारण यसपटक मलाई छोडिदिनुहोस्।’

उनले आफ्नो कुरा राख्ने क्रममा जिल्ला नगरको बाटो हुँदै आएको यहाँसम्म आएको बताए। साना व्यवसायी तथा जिल्ला नगरमा कस्तो समस्या हुन्छ भन्ने कुराको धेरै जानकार आफू रहेको प्रधानको दाबी छ।

त्यो समस्या समाधान गर्नकै लागि आफूले उम्मेदवारी दिएको उनले बताए।

उनले भने, ‘आगामी अध्यक्ष शेखर गोल्छा हुँदै हुनुहुन्छ। उहाँले कार्यदिशा बनाउनुभएको छ। त्यसलाई परिणाममुखी बनाउन मैले उम्मेदवारी दिएको हुँ।’

नेपालमा उद्योग सञ्चालन गर्ने पहिलो नेपालीको तेस्रो पुस्ता गोल्छा रहेको बताउँदै उनले महासंघमा काम गर्न उनलाई सहयोग गर्ने र राम्रो टिम बनेर व्यवसायीको हकहितमा काम गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .